play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

प्रचण्डविरुद्ध परेको अपहेलनाको मुद्दामाथि आज बहस हुने

0

माघ,२०।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको परेको मुद्दामाथि आज बहस हुनेछ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ । गएको शुक्रबार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नु भएको थियो ।
प्रचण्डविरूद्ध अपहेलनाको मुद्दा दर्ता
प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान ग¥यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताउनु भएको थियो ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।

Share.

Leave A Reply