play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

देशभर कांग्रेसको प्रदर्शन

0

माघ,२०।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणअन्तर्गत पार्टीका १३ वटा भ्रातृसंस्थाहरूको आयोजनामा ७७ जिल्लाकै सदरमुकाम र वरपरका सहरहरूमा कांग्रेसले प्रदर्शन गरेको हो । यस पटक पनि नेताहरूको धारणा प्रतिनिधिसभाको पुनःस्थापना कि निर्वाचन भन्नेमा विभाजित थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा मात्रै जोड दिए । संस्थापनपक्षीय नेताहरूले निर्वाचन र पुनःस्थापना दुवैबाट संविधान ‘लिक’ मा आउने बताएका थिए । वरिष्ठ नेता पौडेलले तनहुँ र सहमहामन्त्री प्रकाशशरण महतले नुवाकोटमा सम्बोधन गरे । काठमाडौंको शान्ति बाटिकामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको आरोप लगाए ।

Share.

Leave A Reply