play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

म्यानमार सैन्य ‘कु’ प्रकरण ः राष्ट्रसंघ सुरक्षा परिषदको ‘आपतकालीन’ बैठक बस्दै

0

माघ,२०।
म्यानमारमा भएको सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक डाकिएको छ । आज बस्ने बैठकमा सैन्य कु पछिको म्यानमारको अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बीबीसीले जनाएको छ । म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।
आवश्यक कदम चाल्ने अमेरिकाको चेतावनी
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै त्यहाँको सेनाविरूद्ध आवश्यक कदम चालिने चेतावनी दिएको छ । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन् । बाइडेनले म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् । उनले प्रजातान्त्रिक गतिविधिमाथिका प्रहार तत्काल नरोके यसअघि लगाइएका प्रतिबन्ध दोहो¥याउने चेतावनी दिएका हुन् । उनले सैनिक ‘कु’ को विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।

Share.

Leave A Reply