play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै

0

माघ,२०।
भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्याधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सवैभन्दा धेरै भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैयाँ छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेका थिए । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ ।

Share.

Leave A Reply