play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

भारतले नेपाललाई दिने अनुदान बढायो

0

माघ,२०।
भारतले आउँदो आर्थिक वर्ष २०२१–२२ मा नेपाललाई नौ अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ ।भारत सरकारले सोमवार आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई दिने सहयोग अनुदानबारेमा जानकारी गराएको हो । बजेटमा नेपालसहित १० वटा देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने उल्लेख छ ।भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिएको थियो । भारतले आउँदो वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदो आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिएकी हुन् । आउँदो आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ । भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ ।

Share.

Leave A Reply