play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन मन्त्रालयको आग्रह,मरेका कुखुरा बेच्नेलाई कारबाही

0

माघ,२०।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लुको जोखिम रहेकाले धेरै मात्रामा कुखुरा मरेको र ती मरेका कुखुरा बेचेको पाइए कारबाही गर्ने जनाएको हो । मन्त्रालयले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन्, उनीहरुलाई धेरै मात्रामा कुखुरा मरेको पाइए तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ । पालिका र सम्बन्धित निकायसँग समन्वय गरि अनुगमन गरिरहेकाले कसैले मरेका कुखुरा बिक्री गरेको पाइए कारबाही गर्ने मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मलले बताउनुभयो । मन्त्रालयले बर्ड फ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरेको पनि उहाँले बताउनुभएको छ । बर्ड फ्लु नियन्त्रणका लागि ¥यापिड रेस्पोन्स टोली तयार गरेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । नियन्त्रणका लागि मन्त्रालयले विभिन्न प्रयोगशाला, आठ वटा क्वरेण्टीन कार्यालय र २४ वटा चेक पोस्टलाई सतर्क रुपमा राखेको पनि जानकारी दिनुभयो ।

Share.

Leave A Reply