play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको छ ः नेता नेपाल

0

माघ,२०।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ । सोमबार आफ्नो समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको उहाँले दाबी गर्नुभयो । केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले आफूहरू नै आधिकारिक भएको बताउनुभयो । अध्यक्ष नेपालले नेकपाको आधिकारिक नेतृत्व आफूहरूको नै रहेको दाबीसमेत गर्नुभएको छ । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उहाँले बताउनुभयो ।

Share.

Leave A Reply