play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४ सय ९० जनाको स्थगित

0

माघ,१९ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजाको विस्तृत विवरण आउन बाँकी छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएको छ ।

Share.

Leave A Reply