play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

मेस्सीको ६ सय ५० गोल

0

माघ,१९।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २(१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे । यस गोलसंगै मेस्सी बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरे । खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा पुग्यो ।त्यसपछि खेलको ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २(१ को जित दिलाए । जितसंगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ ।बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply