play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

कांग्रेसद्धारा आज देशभर प्रदर्शन गदैँ

0

माघ,१९।
नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दैछन् । प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन् । ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ । प्रतिनिधिसभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ ।

Share.

Leave A Reply