गौरीगञ्जमा नेतृत्व विकास तथा उद्घोषण तालिम ।

0

भरतपुर, १९ माघ ।
क्षमता विकासको लागि भरतपुर महानगरपालिका वडा नं ८ गौरीगञ्जमा नेतृत्व विकास तथा उद्घोषण तालिम संचालन भएको छ । १७ माघ देखि यहाँको संघर्ष युवा समाजको आयोजना र ज्योती युवा क्लवको सह आयोजनामा ज्योति युवा क्लवको सभाहलमा तलिम सुरु भएको हो । तालिममा वडा नं ८ का पाँच टोल विकास संस्था , महिला समुहहरू र युवा क्लबको सहभागिता रहेको छ । तालिममा बोल्ने कला, माईनुट लेखन लगायतका विषयहरुमा प्रशिक्षण दिइने छ । संघर्ष युवा समाजको संयोजक कृष्ण प्रसाद कंडेलका अनुसार युवाहरूमा बोल्न सक्ने ,आत्मविश्वास बढाउने , दैनिक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागी पनि वाक कला आवश्यक भएकाले यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भयो । तालिम २२ माघ सम्म संचालन हुनेछ ।

Share.

Leave A Reply