play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गुट, तस्कर, व्यापारी र दलालको स्वार्थ पुरा गर्न सरकार केन्द्रीतः कृष्णप्रसाद सिटौला

0

माघ,१८।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले देशका कुनै नागरिकको पक्षमा नभई आफ्नै पार्टीको गुटको हित र स्वार्थमा केन्द्रीत हुँदै केही निश्चित तस्कर, व्यापारी र दलालहरुलाई वरीपरि राखेर उनीहरुकै मिलिभगतमा पैसा आर्जन गर्नमै केन्द्रीत भएको बताउनु भएके छ । नेपाली कांग्रेसको झापा –काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार राजधानीमा आयोजना गरेको भेलामा सिटौलाले प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले कायम गरेमा ‘अदालत लत्रियो’ भनेर सहजै बुझ्नु पर्ने बताउनु भयो । उहाँले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले सदर नगर्ने विश्वास आफूलाई भएको जनाउँदै अदालतले प्रधानमन्त्रीका गलत कदमलाई रोक्न सकेन भने देश दुर्घटना र अराजकताको दल दलमा फस्ने ठोकुवा गर्नुभयो ।

Share.

Leave A Reply