play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

जिससको गोलमा सिटीको जित

0

माघ,१७।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १(० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे । जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । सिटीले २० खेलमा ४४ अंक जोडेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै क्रिस्टल प्यालेसले उल्भ्सलाई १(० ले हराएको छ ।आर्मी खेलमा वेस्ट ब्रुम र फुलहमले २र२ गोलको बराबरी खेलेका छन् ।

Share.

Leave A Reply