play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रियल लेभान्टेसँग पराजित

0

माघ,१७।
स्पेनिस ला लिग फुकटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २(१ गोल अन्तरले पराजित भएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार व्यहोरेको हो । खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । तर, खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १(० को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १(१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २(१ को जित दिलाए । त्यसअघि खेलको ६४ औं मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् । रोजर्सको प्रहार रियलका थिबाउट कोर्टुवाले बचाए । हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ । एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थ्न्को रियलले २० खेलमा ४० अंक जोडेको छ ।लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

Share.

Leave A Reply