play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

0

माघ,१८।
क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको छ ।
क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ । क्युवामा यसअघि सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो ।

Share.

Leave A Reply