play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनबाट प्रचण्डलाई ओलीको प्रश्न : राम अयोध्यापुरीमा जन्मिएका भन्न कसको डर लाग्यो ?

0

चितवन , माघ १७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सक्कली राष्ट्रवादी दाबी गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम अयोध्यापुरीमा जन्मिएका भनेर बोल्न नसकेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा नेकपाले शनिवार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणको कामले तीव्रता पाउदा प्रचण्डलाई छटपटी भएको टिप्पणी गरे ।

‘यहीँबाट चुनिएका सांसद अयोध्यापुरीमा राम जन्मिएका भनेर चुइँक्क बोल्दैनन्, बोल्न कसको डर ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ । मयुरको प्वाँख लाउँदैमा अर्को चरो मयुर हुँदैन,’ ओलीले भने, ‘अयोध्यापुरीमा राख्न रामको भव्य प्रतिमूर्ति तयार भइरहेको छ, अर्को सालको रामनवमीमा प्राण प्रतिष्ठा गर्नेछौं । त्यसको अर्थ के हो ? अयोध्यापुरी विश्वका संस्कृतिविद्हरूको गन्तव्यस्थान हुनेछ । धेरै तीर्थालुको गन्तव्यस्थल हुनेछ ।’

प्रधानमन्त्री ओलीले चितवनमा सभाहल शिलान्यासमा उपस्थित नभएको भन्दै भरतपुरकी मेयर रेणु दाहालप्रति कटाक्ष गरे । ‘अलिअलि मतपत्र च्यातेर जितेको भए पनि भोट दिएको थियो नि ! खै तपाईंको मेयर यहाँ ? मेयर पिकनिक खान जानुभएको होला कतै, मैले यसमा धेरै केही भन्नु छैन ।’

Share.

Leave A Reply