play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

एपीएफलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

0

चितवन , माघ १७ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

जितसँगै विजेता टोली आर्मीले १० लाख प्राप्त गरेको छ भने उपविजेता एपीएफले ५ लाखमा चित्त बुझाएको छ ।

Share.

Leave A Reply