play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

खैरहनी उद्योग वाणिज्य संघमा पहिलोपटक थारु उम्मेद्वार

0

चितवन,माघ १७ । पूर्वीचितवनको खैरहनी नगरपालिका थारु बाहुल्य क्षेत्र हो । यस नगरपालिकाका मेयर पनि थारु समुदायका नै छन् । तर उद्योग वाणिज्य संघ खैरहनीमा पहिलोपटक थारु समुदायका युवाहरु प्रवेश गर्दैछन् । यही माघ १८ र १९ गते हुन लागेको १० औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा यसपटक थारु समुदायबाट दुई जना उम्मेद्वारी चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहको प्रतिनिधित्व गर्दै युवा व्यवसायीहरु रामेश्वर प्रसाद चौधरी र विक्रम चौधरी चुनावी मैदानमा उत्रिएका छन् । रामेश्वर वाणिज्यतर्फ सदस्य पदमा चुनाव लड्दै छन् भने विक्रम उद्योगतर्फको सदस्य पदमा चुनाव लड्दै छन् । दुवै जना उम्मेद्वारले आफूहरुको जित सुनिश्चित भएको बताएका छन् । उम्मेद्वार विक्रम चौधरीले पहिलोपटक उद्योग वाणिज्य संघमा थारु समुदायका उम्मेद्वार भएकाले आफूहरुलाई व्यवसायीहरुले माया गर्नेमा विश्वास व्यक्त गरे । उनले भने–‘अहिलेसम्म पनि कोही पनि थारु व्यवसायीहरुलाई संघका स्थान दिइएको थिएन, यसपटक हामी आएका छौं, सबैको साथ छ ।’ उनी युनाइटेड आर्टका संचालक हुन् । यस्तै अर्का उम्मेद्वार रामेश्वरप्रसाद चौधरीले व्यवसायिक हकहितका लागि आफ्नो उम्मेद्वारी रहेको भन्दै सबैको मत पाउनेमा विश्वास व्यक्त गरे । ‘एक त हामी थारु समुदायको प्रतिनिधित्व गरेका छौं, हामी यहाँ व्यवसायिक हकहितका कुरा गर्छौ’–रामेश्वरले भने । उनी न्यू जय माँ वस्त्रालयका संचालक हुन् । यसपटक निर्वाचनमा लोकतान्त्रिक समूह र प्रगतिशिल समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रगतिशिल समूहमा एक जना पनि थारु समुदायका उम्मेद्वार छन् । सुरुवाती चरणमा एक जना थारु उम्मेद्वार राखेपनि अन्तिम समयमा आएर उनलाई हटाइएको थियो । कृषि क्षेत्रमा निर्भर यहाँका थारु समुदाय पछिल्लो समय व्यवसायिक क्षेत्रमा पनि अघि बढिरहेका छन् । खैरहनी उद्योग वाणिज्य संघ २०६३ सालमा स्थापना भएको हो ।

Share.

Leave A Reply