चितवन,माघ १७ । स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो। अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं महानगरपालिका(१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। क्षेत्री नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए। चेकजाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
त्रिभुवन विमानस्थलबाट १० लाख रुपैयाँसहित एक पक्राउ
0
Share.