play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको शिलान्यास

0

चितवन,माघ १७ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । शनिबार चितवन आईपुग्नुभएको प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतको उपस्थिति रहेको थियो ।

उक्त सडकलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । गत असोज २६ गते २८ महिनाभित्र सडक विस्तार गरी सक्ने सम्झौता भएको थियो । सडक विस्तारको लागत एक अर्ब बाह्र करोड रुपैयाँ तोकिएको छ । संघीय सरकारको बजेटमा सडक विस्तारको काम हाल भइरहेको छ । टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म सडक अहिले २ लेन रहेको छ । यस्तै केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । फेरि रिजाल चोकदेखि चौबिसकोठीसम्म २ लेनको छ । यस्तै चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म ४ लेनको रहेको छ सडक डिभिजनका अनुसार दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपेर सबै ठाउँमा ६ लेनको बनाउन लागिएको हो । ५० मिटर चौडाइ रहने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ ।सडकको दायाँबायाँ ११.५्११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइनमा बनाइने छ ।

Share.

Leave A Reply