धनुषामा पाँच हजार घुससहित विद्युतका चार कर्मचारी पक्राउ

0

चितवन , माघ १७ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले ५ हजार रुपैयाँ घुस रकमसहित ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ शुक्रवार अख्तियारको टोलीले धनुषाको महेन्द्रनगरमा रहेको नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केबर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र अन्तर्गत नो लाइट धनुषामा कार्यरत पाँचौ तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्ट्रिसियन यमकुमार महतो, दोस्रोतहका मनोहरकुमार महतो र ज्यालादारी प्राविधिक नवलकिशोर राउत रहेका छन् । कर्मचारीहरु मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा रहेको एक कुखुरा फर्म विद्युत जडान गरिदिए बापत सेवाग्राहीसँग गैरकानुनी रुपमा पाँच हजार घुस रकम लिएका अख्तियारले जनाएको छ । सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ । कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने आयोगको कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

Share.

Leave A Reply