play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

विश्वकप छनोट खेल्नुअघि क्वारेन्टिनमा बस्नुपर्ने

0

चितवन , माघ १७ । दक्षिण अमेरिका फुटबल महासंघले २०२० को कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी अनिवार्य रूपमा १० दिन होटेल वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मार्च महिनामा हुने विश्वकप छनोटको मितिअघि नै स्वेदश फर्किन खेलाडीहरूलाई आग्रह गरेको छ । यसैबीच विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले प्रत्येक क्लबलाई खेलाडी रिलिज गर्न भनेको छ । यसमा खेलाडी, सम्बन्धित फुटबल संघ तथा क्लबबीचको आपसी समझदारीमा केही प्रोटोकलमा लचिलो हुन सक्ने अवस्था छ । गत वर्षको अक्टोबरमा विश्वकप छनोटताका नै केही युरोपियन क्लबले खेलाडी राष्ट्रिय टोलीमा सहभागी हुन अनुमति दिएका थिएनन् । मार्च महिनामा दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीचको महत्वपूर्ण खेल छ । युरोपियन फुटबलमा धेरैजसो दक्षिण अमेरिकी खेलाडीको वचस्र्व छ । यदि विश्वकप छनोटमा भाग लिए उनीहरू कम्तीमा १ अप्रिलअघि युरोप फर्कन सक्दैनन् । यसको अर्थ इंग्लिस प्रिमियरसिपमा केही समय दक्षिण अफ्रिकी खेलाडीविना नै क्लबहरूले प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । एजेन्सी

Share.

Leave A Reply