play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

पिठोमा लुकाएर लागूऔषध ओसारपसार गर्ने दुईजना पक्राउ

0

चितवन,माघ १६ । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएको प्रहरीले अटोलाई निगरानीमा राखेको थियो ।सोही क्रममा बिहीबार राति पिठोको बोराभित्र र कपडाको झोलामा लुकाएर राखिएको अवस्थामा फेनारगन, नुर्फिन र डाइजेपाम ६र६ सय एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply