play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दैनिक उपभोग्य वस्तुमा उद्योगी व्यवसायकिो मनपरी मुल्य बृद्धि

0

चितवन,माघ १६ । उद्योगी व्यवसायीहरुले मनपरी दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरेका छन् । सरकारी निकायको बजार अनुगमन नहुँदा व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि गरेका हुन् । बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मुल्य बृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका छन् । कोभिड १९ संक्रमणको प्रभावले बेरोजारी भइ आर्थिक अवस्था कमजोर भएका वेला दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि हुँदा सर्वसाधारणको जनजीवनमा समेत प्रत्यक्ष असर परेको छ । सरकारी निकायले प्रभागकारी रुपमा बजार अनुगमन नगर्दा उद्योगी व्यवसायीले त्यसको फाइदा लिदै मनपरी दैनिक खाद्य वस्तुको मुल्य बढाउदै आएका हुन् । अहिले बजारमा दैनिक खाद्य वस्तु चामल, दाल, चिनी, तेल र हरियो तरकारीहरुमा समेत मुल्य बृद्धि भएको छ ।

Share.

Leave A Reply