नेपालमा कोरोना संक्रमण पछि निको हुने संख्या बढ्दै,आज ३३३ जना सङ्क्रमणमुक्त

0

चितवन,माघ १६ । नेपालमा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ७४५ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६४ हजार ८१ पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट ३३३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३३३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.१४ भएको छ पछिल्लो चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै दुई हजार २५ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल तीन हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २२ जना आइसोलेशनमा र १११ जना क्वारेन्टिनमा छन् ।

Share.

Leave A Reply