play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

राखेपले ‘खेलकुदसंग प्रधानमन्त्री’ कार्यक्रम गर्दै

0

माघ,१६।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसंग अन्तरक्रिया गराउने उद्धेश्यका साथ राखेपले आगामी मंगलबार खेलकुदसंग प्रधानमन्त्री शीर्षकको कार्यक्रम गर्न लागेको हो । राखेप सदस्य सचिव रमेश सिलवालका अनुसार खेलकुदसंग प्रधानमन्त्रीलाई साक्षातकार गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएर खेलकर्मीले राखेका प्रश्नको जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी सहित विभिन्न खेलकर्मी उपस्थित रहनेछन् । कोरोना प्रभाव र परिवर्तित राजनीतिक समिकरणको असर खेल क्षेत्रमा समेत देखिएको छ । केही खेल प्रतियोगिता सञ्चालन भएपनि खेलकुदले आवश्यक गति लिन सकेको छैन । वर्तमान राजनीतिक टसलको सेरोफेरोमा राखेपले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम आयोजना गर्न लागेको हो । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल प्रधानमन्त्री ओली निकट मानिन्छन् । केही साता अघिमात्र सिलवाल ओली समुहको नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।

Share.

Leave A Reply