play_circle_outline On Air

कथा

play_circle_outline On Air

कथा

टोटेनहममाथि लिभरपुलको सहज जित

0

माघ,१६।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।रोमान्चक बनेको खेलको तेस्रो मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए । तर, भीएआर प्रविधिको सहायताबाट रेफ्रीले अफसाइट देखाउदा टोटेनहम अग्रता बनाउन चुकेको थियो ।पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १(० को अग्रता दिलाए ।खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २(० ले अघि रह्यो ।४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २(१ को स्थितिमा ल्याए । खेलको ५६ औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए । तर, उनको गोलले मान्यता पाएँन् । त्यसपछि खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३(१ को जित दिलाए । जितसंगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

Share.

Leave A Reply