play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब

0

माघ,१५।
स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको छ । डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१९र२० को सिजनको कमाई ७१५.५ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना दोस्रो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको कमाई ७१४.९ मिलियन पाउण्ड रहेको छ ।तेस्रो स्थानमा जर्मन क्लब बायर्न म्युनिख रहेको छ । बायर्नको कमाई ६३४.१ मिलियन पाउण्ड रहेको छ ।सूचीको चौंथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको कमाई ५८०.४ मिलियन पाउण्ड रहेको छ ।पाँचौं स्थानको लिभरपुलको कमाई ५५८.६ मिलियन पाउण्ड रहेको छ । यस्तै म्यानचेस्टर सिटी, पीएसजी, चेल्सी, टोटेनहम र युभेन्ट्स छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।

Share.

Leave A Reply