play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आर्मीद्वारा बागमतीलाई चुनौतिपूर्ण लक्ष्य

0

माघ,१५।
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि २ सय ३० रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए ।लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए ।आज दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ ।

Share.

Leave A Reply