सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ निर्धारण

0

माघ,१५।
सुनको भाउ आज पनि घटेको छ ।आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो ।यस्तै, आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधवार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

Share.

Leave A Reply