play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

0

माघ,१५।
निर्वाचन आयोगले आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दैछ । आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोकिएको मध्यावधि निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक सुरु गर्ने भएको हो ।आयोगले प्रतिनिधिसभा विघटन भएको दिन २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको हो ।निर्वाचन कार्यक्रमअन्र्तगत पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने तथा माघ १६ देखि १८ सम्म उजुरी आह्वान गरिनेछ । यसैबीच, आगमी प्रतिनिधिसभा निर्वाचनका लागि अघिल्लो निर्वाचनमा भन्दा ९ लाख बढी मतदात थपिएका छन् ।अघिल्लो निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा अहिलो १ करोड ६३ लाख पुगेको आयोगले जनाएको छ ।

Share.

Leave A Reply