play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

माइतीघरमा नेकपा प्रचण्ड–माधव पक्षको धर्ना , उल्टो कदम सच्याउन आग्रह

0

चितवन,माघ १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार नेकपा प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्नामा बसेका हुन् ।

असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनका निम्ति धर्ना बसेको नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ । जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले बताए । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबार देखि शुरु भएको धर्ना शनिबारबाहेक प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

Share.

Leave A Reply