play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

आज थप २८३ जनामा संक्रमण पुष्टि,दश दिनभित्र चार लाख ३० हजार जनालाई खोप लागाईने

0

चितवन , माघ १४ पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका चार हजार ३८२ मध्ये २८३ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा बुधबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । हाल क्वारेन्टिनमा १२२ जना छन् भने तीन हजार २८६ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । यसैबिच आगामी दश दिनभित्र देशभरका चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० दिनभित्रमा फ्रन्टलाइनर सबैलाई पहिलो डोज खोप दिइने जानकारी दिए। देशभर तीन सय खोप केन्द्रमार्फत् स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतका फ्रन्टलाइनरलाई खोप दिइने उनको भनाइ छ। आज दिउँसोसम्म देशभरबाट तीन हजारजनाले कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) लगाइसकेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कुनै पनि अवान्छनीय घटना नभएको र खोप लगाउनको लागि उत्साहजनक सहभागिता रहेको प्रवक्ता डा. गौतमले बताए।

Share.

Leave A Reply