आर्सनलको पुनरागमन जित

0


माघ,१४।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । साउथह्याम्पटनको मैदानमा आर्सनलले पुनरागमन जित निकालेको हो । खेलको तेस्रो मिनेटमा स्टुवार्ट आर्म्सट्रोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा ल्याए ।खेलको ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दा आर्सनल २(१ ले अघि रह्यो ।त्यसपछि खेलको ७२ औं मिनेटमा एलेक्सजेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३(१ को जित दिलाए । जितसंगै आर्सनलले २० खेलमा ३० अंक जोडेको छ ।आर्सनल आठौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटन २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले न्युकासल युनाईटेडलाई २(१ ले हराएको छ ।वेस्ट ह्यामले न्युकासललाई ३(२ ले हराएको छ ।

Share.

Leave A Reply