माघ,१४।
इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मिलान डर्बीमा एसी मिलानलाई २(१ गोल अन्तरले पराजित गर्दै इन्टर सेमिफाइनलमा पुगेको हो । रोमान्चक बनेको डर्बी भिडन्तमा सुरुवाती अग्रता मिलानले बनाएको थियो ।खेलको ३१ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।तर, मिलानले त्यो अग्रतालाई जोगाउन सकेन ।खेलको ५७ औं मिनेटमा ज्लाटनले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा समेटिएको थियो । जसको फाईदा इन्टरले उठायो ।खेलको ७१ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई १(१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २(१ को जित दिलाए ।अब इन्टरले सेमिफाइनलमा युभेन्ट्स र एसपीएलबीचको विजेतासँग खेल्नेछ ।
मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
0
Share.