play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

0

चितवन, १३ माघ ।
चलचित्र पत्रकार संघ चितवन शाखाले माघ २५ गते आफ्नो साधारण सभा गर्ने भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारण सभामा यस अघि चलचित्र पत्रकारीता दिवसको दिन घोषणा गरिएको पुरस्तार समेत वितरण गरिने संघका अध्यक्ष रवि अधिकारीले जानकारी दिनुभयो ।
कोभिडका कारण जेष्ठ ७ गते २१ औं चलचित्र दिवसको दिनमा संघले घोषण गरेको पुरस्कार हस्तान्तर गर्न पाएको थिएन । शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई फरक फरक चार वटा विधामा पाँच हजार ५ सय ५५ रुपैयाँ राशिका पुरस्कार घोषण गरेको थियो ।

साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आउनुभएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान गरिदै छ । त्यस्तै एजुर अभियसन सक्रिय पत्रकारिता पुरस्कारबाट चितवन पोष्टका किशोर खनाल, नन्दप्रसाद–सुशीला युवा पत्रकारिता पुरस्कारबाट एजटुडेज समाचारका सुशील पन्त र सेन्ट्रल कलेज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका विजय आवाजलाई पुरस्कृत गरिदैछ ।
साधारणसभाको तयारी तीव्र गतिमा भइरहेको संघका सचिव आनन्द पोखरेलले जानकारी दिनुभयो । संघले जिल्लामा रहेर चलचित्र पत्रकारिता गर्दै आइरहेका व्यक्तिहरुलाई संघको सदस्यता लिन प्रेरित गर्दै नयाँ सदस्यता आह्वान समेत गरेको छ ।

Share.

Leave A Reply