play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

0

माघ १३ , चितवन  । राप्रपाका नेता, पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ जनाले १३ अर्ब भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबारदेखि विशेष अदालतमा सुनुवाई सुरू भएको छ । सिक्टा सिंचाई आरोजनाको नहर भत्किएपछि कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजालसमा सुनुवाई भइरहेको छ । सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अदालतले प्राथमिकता साथ मुद्दाको फाइल खोलेको हो ।

Share.

Leave A Reply