चितवन , माघ १३।
नविन कोइराला
चितवनमा बजार अनुगमन गरिएको छ। बाणिज्य आपूर्ति तथा उपोभोक्ता संरक्षण विभाग पर्सा बिरगंज , उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वागमती प्रदेश , जिल्ला प्रशासन कार्यालय चितवन तथा वडा प्रहरी कार्यालय नारायणगढले संयुक्त पहलमा बजार अनुगमन गरेको हो ।
मूल्य वृद्धि लगाएतका गूनासो बढ्दै गएपछि अनुगमन गरिएको हो । बजार अनुगम पछि टोलीले नौ ओटा व्यवसाइक फांर्म तथा संस्था लाई कारबाही समेत गरेको छ।
जसमध्य सात वटा सस्थालाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ को खण्ड ट अनुसार कसुर गरेको देखिएकाले सोहि ऐनको दफा ३९ उपदफा १ को खण्ड ६ बमोजिम ५० हजार र र बाकि २ ओटा लाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ को खण्ड छ अनुसार कसुर गरेको देखिएकाले सोहि एनको दफा ३९ उपदफा १ को खण्ड क बमोजिम २० हजारका दरले कारबाहि स्वरुप जरिवाना गरिएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय चितवनका खरिदार आदर्स अधिकारिले बताए । ९ वटा पसललाई तीन लाख ९० हजार जरिबाना गरिएको छ ।
कारबाहिमा पर्नेमा भरतपुर महानगरपालिका–५ स्थित श्रेष्ठ कन्सर्न, भरतपुर–२ स्थित नेशनल ट्रेड बिजनेस, एएस ट्रेडस चुरा कस्मेटिक पसल, विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज र भरतपुर–३ चितवन स्थित गुप्ता धागो स्टोर्सलाई कारबाही गरेको हो । यस्तै भरतपुर– २ को एसएच ट्रेडर्स र भरतपुर–१० को ओमसाइराम प्लास्टिक सप्लायर्सलाई पनि कारबाहिमा परेको छ ।