play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गेटाफेमाथि बिल्बाओको सानदार जित

0


माघ,१३।
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सानदार जित निकालेको छ ।सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५(१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा एक गोलले पछि परेपनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो ।खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।तर,खेलको १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए ।खेलको २९ औं मिनेटमा गेटाफेका जेमी माटाले पेनाल्टीमा गोल गर्न सकेनन् ।खेलको ५० औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २(१ को अग्रता दिलाए ।गार्सियाले खेलको ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३(१ ले अघि रह्यो ।खेलको ७५ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४(१ को अग्रता दिलाए ।

Share.

Leave A Reply