play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको सहज जित

0


माघ,१२।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३(१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो । खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, खेलको २३ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १(१ गोलको बराबरीमा ल्याए । खेलको ५४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दा एट्लेटिको २(१ ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई ३(१ को जित दिलाए । जितसंगै एट्लेटिकोले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । एट्लेटिकोले १८ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको रियलले १९ खेलमा ४० अंक जोडेको छ । भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply