play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

0


माघ,१२।
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौंथो चरणमा लिभरपुललाई ३(२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १(१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २(१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २(२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने । खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३(२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।यस्तै सेफिल्ड वेनस्डेलाई ३(० ले हराएर एभर्टन पनि पाँचौं चरणमा पुगेको छ ।

Share.

Leave A Reply