play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत फेला

0


माघ,१२।
मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । मेक्सिकोको कार्मागो शहर नजिकैको सडकमा दुई वटा गाडीमा मानव अवशेष भेट्टाएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुलाई गोली लागेको र त्यसपछि शरीरलाई जलाएर राखेको हुनसक्ने बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ । उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ । अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरको अवस्थाका कारण व्यक्तिको पहिचान जटिल भएको अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ । कर्मागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् ।

Share.

Leave A Reply