play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

नारायणगढ(बुटवल सडकखण्डमा पोल सार्ने विषयमा विवाद, काममा ढिलाइ

0


माघ,१२।
नारायणगढ–बुटवल सडक विस्तार ठेक्का पाएको कम्पनी र नेपाली सम्बद्ध निकायका पदाधिकारीबीच बिजुलीका पोल सार्ने ठेक्काका विषयमा विवाद लम्बिएको छ । जसको असर सडक विस्तारको काममा पर्दा आयोजना सम्झौतामा निर्धारित अवधिमै पूरा नहुने सम्भावना बढेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त पूर्व–पश्चिम राजमार्ग विस्तारको उक्त आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण चिनियाँसँगको मतमतान्तर रहेको स्रोतले दाबी गरेको छ । आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा गर्नुभएको थियो । हतार हतार काम सुरु भएको घोषणा गरिएको आयोजनालाई साइट क्लियर नै नगरी ठेक्का निकालिएको थियो । पछिल्लोपटक पोल सार्ने विषयमै विवाद गहिरिएको छ । चिनियाँ कम्पनीले ठेक्का पाएको आयोजनामा बिजुलीका पोल सार्ने विषयमा सम्बद्ध निकायहरूसँग कुरा मिलेको छैन, जसका कारण अरू कामको गति पनि सुस्त भएको छ । साइटमा पर्ने पोलहरू सार्न ठेक्का कतिमा लगाउने, कसकसले काम गर्ने भन्नेमा चिनियाँ र नेपाली अधिकारीहरूले साझा सहमति गर्न नसकेका हुन् । सुरुमा रुख कटान, कामदारको आन्दोलन, त्यसपछि कोरोना महामारी र अहिले आएर विद्युतको पोल सार्ने ठेक्काको विवादको प्रभाव सडक विस्तारको काममा परेको छ । ढिला गरेर बल्ल आयोजनाको रुख कटान र पोल सार्न नपर्ने स्थानहरुमा मात्रै काम भइरहेको छ । आयोजनाले उपलब्ध गराएको विवरण अनुसार पहिलो चरणको करिब १२ हजार रुख काट्ने काम सकिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार रुख काट्ने स्वीकृति लिन अझै बाँकी छ । त्यसको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । आयोजनाका पश्चिम खण्डका प्रमुख प्रदीपराज शाक्यले काम भइरहेको भए पनि साइट क्लियर नहुँदा अपेक्षित गति लिन नसकेको बताउनुभयो ।

Share.

Leave A Reply