play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

सिटी एफए कपको पाँचौ चरणमा

0


माघ,११।
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत गएराति भएको चौंथो चरणमा चेल्टनहम टाउनमाथि ३(१ को जित निकाल्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो । लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परेपनि सिटीले पुनरागमन जित निकालेको हो ।खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए । तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १(१ गोलको बराबरीमा ल्याए । खेलको ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३(१ को जित दिलाए । अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग खेल्नेछ ।प्रिमियर लिग क्लब ब्राइटन र वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेका छन् ।

 

Share.

Leave A Reply