माघ १० ,चितवन । नेपालमा पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना भने कम देखिएको मौसमविद्ले बताएका छन् । मौसममा केही बदली र पश्चिम वायु भित्रिएकोले पानी पर्ने आशा बढेको भए पनि यस पटकको पश्चिमी वायुले पानी पार्ने सम्भावना निकै कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा सामान्य हिमपात र उच्च पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परे पनि त्यो नगन्य हुने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभावले बिहानीपख सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको भए पनि दिउँसोपखबाट मौसम खुल्दै गएको र धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना भने कम
0
Share.