play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुङ्गो आउँदो हप्ता लाग्ने

0


माघ,१०।
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता लाग्ने भएको छ ।केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको थियो ।संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगेको यो प्रस्तावको निर्णय प्रक्रिया आउँदो हप्ता टुङ्गो लाग्ने भएको हो । चुनावी परिणामलाई लिएर हिंसा मच्चाएको भन्दै ट्रम्पविरुद्ध आफ्नै दलका सांसदले समेत महाअभियोग लगाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरेको खण्डमा ट्रम्पले आउँदो कार्यकालका लागि हुने चुनावमा भाग लिन नपाउने बीबीसीले जनाएको छ । यसअघि पनि ट्रम्पले महाअभियोगको सामना गर्नुभएको थियो ।

 

Share.

Leave A Reply