देशलाई प्लास्टिक झोलामुक्त बनाउने नीति कार्यान्वयनमा कमी

0

माघ,१०।
सरकारले देशलाई प्लास्टिक झोलामुक्त बनाउने नीति लिए पनि प्लास्टिकको झोला प्रयोगमा भने कमी आउन सकेको छैन । ६ वर्षअघि नै सरकारले प्लास्टिक झोला प्रयोगमा निषेध गर्ने नीति लिएको भए पनि प्लास्टिकको झोला प्रयोगमा कमी आउन नसकेको हो । २०७२ सालको वैशाख १ गतेदेखि लागू हुने गरी सरकारले २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिकका झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।निर्णय कार्यान्वयन गर्न त्यतिबेला वातावरण विभागसहितका निकाय सक्रिय भएका थिए । सरकारले नीति लिए पनि प्लास्टिकमुक्त देश बनाउनमा नागरिकले साथ नदिएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो । उहाँले भूकम्पअघिसम्म सरकारले यसको प्रयोग नियन्त्रणका लागि सक्रियरुपमा काम गरिरहेको तर पछिल्लो समय विभागले कर्मचारी अभावमा निरन्तरता दिन नसकेको प्रवक्ता जोशीको भनाइ छ ।

Share.

Leave A Reply