play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

0


माघ,९।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

 

 

Share.

Leave A Reply