play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

प्रधानमन्त्री कप क्रिकेट ः आज पनि दुई खेल हुँदै

0


माघ,९।
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश(२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । प्रदेश(२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।प्रदेश(२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश(२ लुम्बिनीसँग पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश(१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश(१ भने पहिलो जितको खोजीमा छ ।

Share.

Leave A Reply