play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

0


माघ,९।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

 

Share.

Leave A Reply